काठमाडौँ – दार्चुला खंलगा जाँदै गरेको महाकाली यातायात (ना ८ ख ३०१) को बसभित्र ४० वर्षीया जानकी चन्द मृत अवस्थामा फेला परेकी छन्।
बैतडीको सिगास गाउँपालिका घर भएकी जानकी चन्द खोड्पेबाट बसमा चडेर माइतीघर हिकिला जाँदै गर्दा अचेत भेटिएकी थिइन्। ग्वानी पुगेपछि बसभित्र उठाउन खोज्दा नउठेपछि प्रहरीले उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएको थियो, जहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्