Skip to content

एनपीएल हेर्न आउने महिला, वृद्ध, र अशक्तका लागि नि:शुल्क बस सेवा सञ्‍चालन हुने

काठमाडौं – त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने महिला, वृद्ध, र अशक्तका लागि काठमाडौं उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन हुने भएको छ।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुने उनीहरूका लागि नि:शुल्क बस सेवा सुरू गरिएको मन्त्री गुप्ताले जानकारी दिएका छन् । मन्त्री गुप्ताले नि:शुल्क बस सेवाका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको जानकारी दिएका छन् । उनका अनुसार यो सेवा आजदेखि खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।

हेर्नुहोस् रूटहरू

रुट १: टीयू गेट – स्वयम्भू – बालाजु
रुट २: टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
रुट ३: टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बनेश्वर – तिनकुने – गौशाला – चाबहिल
रुट ४: टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

प्रतिक्रिया दिनुहोस्