Skip to content

एमालेको महाधिवेशन उदघाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा

काठमाडौँ – नेकपा एमालेको एघारौँ महाधिवेशन अब भक्तपुरको सल्लाघारीबाट सुरु हुने भएको छ । आज बसेको महाधिवेशन व्यवस्थापन सचिवालयको बैठकले उद्घाटन समारोह सल्लाघारीमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको हो। एमालेले यसअघि २७ देखि २९ मंसिरसम्म महाधिवेशन गर्ने घोषणा गरिसकेको छ। प्रारम्भिक तयारीका क्रममा महाधिवेशन पोखरामा गर्ने निर्णय गरिए पनि पछिल्लो व्यवस्थापकीय मूल्याङ्कनपछि स्थान परिवर्तन गरी काठमाडौं उपत्यकामा सारिएको हो। पार्टी नेतृत्वका अनुसार सल्लाघारीमा हुने उद्घाटनमा व्यापक भीड समेटिने भएकाले त्यहाँको भौगोलिक र व्यवस्थापन पक्ष अनुकूल देखिएको छ भने भृकुटीमण्डप बन्दसत्रका लागि उपयुक्त मानिएको छ।

प्रतिक्रिया दिनुहोस्