काठमाडौं – जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेलले पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनी पूर्वमाओवादी पार्टीमा आबद्ध थिए । सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । यसअघि प्रहरीले सर्वोच्च अदालत जलाएको आरोपमा पाँच जना पक्राउ परेका थिए । यो सँगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।सर्वोच्च अदालत जलाउनेलाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त टोली बनाएर अपरेशन सञ्चालन गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्