काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप गर्ने तयारी गरेको छ । त्यसका लागि बुधबार साँझ आयोगका पदाधिकारीहरू छलफलमा बसेका छन् । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले अझै दलहरू दर्ताका लागि आउने क्रम बाँकी रहेको र त्यसका लागि सहजीकरणको आग्रह गरेकाले समय थपको तयारी भएको बताए । बुधबारसम्म आयोगका निर्वाचन प्रयोजनका लागि ८० भन्दा बढी दल दर्ता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्