Skip to content

एनपिएलमा आज दुई खेलः लुम्बिनीले सुदूरपश्चिम र जनकपुरले पोखरासँग भिड्दै

काठमाडौँ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा बिहान पौने १२ बजे पहिलो र ४ बजे दोस्रो खेल हुँदैछ। पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दै छ।

दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन्। शीर्ष स्थानमा रहेको सुदूरपश्चिम अपराजित छ। उसले तीनै खेलमा जित निकालेको छ। उसले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले र तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले हराएको थियो। ‍तीनै खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको छ। पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले र तेस्रो खेलमा काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो।

यता जनकपुर बोल्ट्स भने आज तेस्रो खेल खेल्दैछ। पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले पराजित भएको जनकपुर दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले पराजित भएको थियो। पोखराले पनि आज तेस्रो खेल खेल्दै छ। प्रतियोगितमा पोखरा पनि जितविहीन छ। पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको पोखरा दोस्रो खेलमा सुदूपश्चिमसँग १८ रनले पराजित भएको थियो। सुदूरपश्चिम ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। लुम्बिनी २ अंकका साथ छैटौं स्थानमा रहँदा जनकपुर र पोखरा अंकविहीन हुँदै क्रमशः सातौं र आठौं स्थानमा छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्