Skip to content

सर्वोच्चको आदेशपछि दबावमा मधेशका मुख्यमनत्री, विश्वासको मत नपाउने निश्चित

जनकपुरधाम – एमालेबाट नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेश सभाबाट विश्वासको मत लिन सर्वोच्चले परमादेश दिएपछि पुन: अर्को सरकार गठनतर्फ राजनीतिक बाटो मोडिएको छ ।

एमाले बाहेकका दलका ७३ जना सांसदले दिएको रिटको सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवविरुद्ध परमादेश जारी गरेको छ । उनले यो अवधिमा आवश्यक बहुमत पुर्‍याउन नसक्ने करिब निश्चित छ । एमाले बाहेक सबै दल विपक्षीमा कित्तामा उभिएर उनको नियुक्तिमाथि नै प्रश्न उठाइरहेका छन् । उनीहरूले प्रदेश सभामा विश्वासको मत दिने स्थिति छैन । त्यसैले मंगलबारबाटै मधेशमा अर्को सरकार निर्माणको प्रक्रिया अघि बढ्ने देखिएको छ । यसका लागि एमाले बाहेकका दलले तयारी थालेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले यादव नेतृत्वको सरकार असंवैधानिक भन्दै सर्वोच्च गएका दलहरूले उनीलाई विश्वासको मत दिने कुरा सोच्नै नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्