काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भारत–नेपाल विद्युत् सहयोग, लोडसेडिङ अन्त्य र ऊर्जा क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका खेलेका कुलमान घिसिङको सहभागितामा सार्वजनिक गरिएको ‘उज्यालो नेपाल पार्टी’ प्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।
पोखरेलले कसैको नाम उल्लेख नगरी सामाजिक सञ्जालमार्फत आक्षेप गर्दै उज्यालो नेपालका हालका गतिविधि र नेतृत्वप्रति प्रश्न उठाएका छन् । उनले उज्यालो नेपालको मूल योजना व्यक्ति ‘एउटाको’ भए पनि त्यसको जस अर्कैले लिएको तथा अन्ततः पार्टी तेस्रो व्यक्तिले खोलेको टिप्पणी गरेका छन् । फेसबुकमा पोखरेलले लेखेका छन् – “लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले?” उक्त अभिव्यक्तिलाई ऊर्जा क्षेत्रमा पछिल्ला राजनीतिक चलायमान गतिविधिसँग जोडेर हेरिएको छ । कुलमान घिसिङको उपस्थितिमा घोषणा गरिएको नयाँ राजनीतिक संरचनामाथि आलोचना चुलिँदै गर्दा महासचिव पोखरेलको टिप्पणीले अझै बहस थपिएको छ ।




प्रतिक्रिया दिनुहोस्