Skip to content

‘राजा–दल–जेनजीबीच त्रिपक्षीय सम्झौता आवश्यक’ : ज्ञानेन्द्र शाही

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले नेपालमा स्थायित्व र राष्ट्रिय एकताको लागि ‘राजा’, राजनीतिक दल र जनरल नेसनल जनरेशन (GenZ) बीच त्रिपक्षीय समझदारी अनिवार्य रहेको बताएका छन्। मंसिर २३ गते राप्रपाले घोषणा गरेको प्रदर्शनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान शासन संरचनाले जनअपेक्षा पूरा गर्न नसकेको दाबी गरे ।  शाहीले संवैधानिक राजसंस्थाको आवश्यकता पुनः जोड दिँदै भने, “अब मंसिर २३ गतेको आन्दोलनलाई मध्यनजर गरेर स्पष्ट रूपमा भन्न चाहन्छु प्रदेश संरचना खारेज गर्न चाहने, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य मन पराउने, देशमा राष्ट्रपति होइन, संवैधानिक राजसंस्था चाहिनेहरू सबै एक ठाउँमा जुट्नुपर्छ। अहिले साइकल चढ्ने राजाको आवश्यकता छ। जापान र बेलायतजस्तै राजसंस्था नेपालमा पनि हुनु आवश्यक छ ।” उनले आन्दोलनलाई शान्तिपूर्ण रूपले सफल पार्न राष्ट्रिय झण्डा लिएर सहभागिता जनाउन सबैमा आग्रह गरे । राप्रपाले मंसिर २३ गतेको प्रदर्शनलाई ‘राष्ट्रिय पहिचान, स्थायित्व र व्यवस्था परिवर्तनका पक्षमा ऐतिहासिक जनसङ्गठन’ हुने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्