Skip to content

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला: ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनामाथि ८ अर्बको भ्रष्टाचार मुद्दा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताप्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध करिब ८ अर्ब रुपैयाँ बिगो देखाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दिवंगत पोस्टबहादुर बोगटी, रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यलाई प्रतिवादी बनाएको छ। महत अर्थमन्त्रीका रूपमा जिम्मेवार थिए भने बाँकी चार जना पूर्वपर्यटनमन्त्री हुन्।  नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीसहित पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेना तथा १० पूर्वसचिवलाई समेत मुद्दामा समावेश गरिएको छ। चिनियाँ ऋण सहयोगमा निर्मित पोखरा विमानस्थलको निर्माणमा करिब १० अर्ब रुपैयाँको अनियमितता भएको दाबी उपसमितिले गर्दै २०८२ वैशाखमा अख्तियारलाई थप अनुसन्धानका लागि निर्देशन दिएको थियो। सात महिनापछि अख्तियारले अनुसन्धान टुंग्याउँदै मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्