काठमाडौँ – नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ ले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको नाम एकल सिफारिस गरेको छ । आउदो फागुन २१ गते सरकारले निर्वाचन घोषणा गरेसगै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले पुर्व मन्त्री एवम् काङ्ग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको नाम प्रतिनिधिसभा प्रत्यक्ष तर्फ सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताए । मंगलवार काङ्ग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको काङ्ग्रेस नेता कर्याकर्ताको भेला तथा छलफलपछि बस्नेतको नाम एकल सिफारिस गरेको थियो । यस अघि २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचनमा भाग लिएर बिजय बनेका थिए । काङ्ग्रेस- माओवादीको गठबन्ध बन्दा बस्नेत २ नम्बर निर्वाचन क्षेत्र जान परेको थियो । त्यस्तै समानुपातिकमा प्रेम ध्वज लामा, दोर्जे लामा र महिलामा मसीना खड़कालाई उम्मेदवारको लागि सिफारिस गरेको हो । त्यस्तै राष्ट्रियसभा तर्फ वेद बहादुर श्रेष्ठ र भोला बोहोरालाई उम्मेदवारको लागि सिफारिस गरेको हो ।




प्रतिक्रिया दिनुहोस्