Skip to content

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइयो

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ। बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९:०० बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आयोजना हुने जनाइएको छ।

आकस्मिक रूपमा बोलाइएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका प्रदेश सभापतिहरूको अनिवार्य उपस्थिति रहनेछ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका आन्तरिक विषय तथा आगामी कार्ययोजनाबारे छलफल हुने अपेक्षा गरिएको छ।

पार्टी नेतृत्वले सबै सम्बन्धित पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको समयमै उपस्थित हुन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्