Skip to content

गृहमन्त्री अर्यालले भेटे कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हलवलदार गुरुङको परिवार, राज्यबाट सबै सहयोग र रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार कास्कीको रुपा गाउँपालिका–५ पुगेर भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौँको कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हलवलदार अमृत गुरुङको परिवारसँग भेटघाट गरेका छन् । भेटका क्रममा गृहमन्त्री अर्यालले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै राज्यका तर्फबाट सम्भव सबै सहयोग उपलब्ध गराइने बताए । उनले पीडित परिवारका लागि आवश्यक क्षतिपूर्तिका साथै परिवारका सदस्यलाई रोजगारीको उपयुक्त व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री अर्यालले अमृत गुरुङले राष्ट्र र जनताको सुरक्षाका लागि निर्वाह गरेको कर्तव्यप्रति सम्मान व्यक्त गर्दै उनको बलिदानलाई राज्यले सधैँ स्मरण गर्ने बताए । उक्त भेटघाटमा कास्कीका प्रमुख जिल्ला अधिकारी दानबहादुर कार्की,  प्रदेश प्रमुख सचिव डुण्डु राज घिमिरेलगायत सुरक्षा निकायका अधिकारीहरू पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्