Skip to content

कांग्रेसका नेता सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उनी २०७९ सालको प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए भने २०७४ को स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए । पूर्वसांसद चालिसेविरूद्ध आज भ्रष्टाचार मुद्दा दर्ता भएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन करोड ६८ लाख रुपैयाँ बिगो कायम गरी उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतले जनाएको छ । उनले गोकर्णेश्वर नगरपालिकामा मेयर हुँदा गैरकानुनी तरिकाले उक्त रकम आर्जन गरेको आरोप छ।

चालिसे अर्थ समितिका सभापतिसमेत हुन् । साथै उनलाई काठमाडौं क्षेत्र नम्बर ३ ले हालै प्रतिनिधि सभा निर्वाचनका लागि एकल रूपमा उम्मेदवार पनि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्