Skip to content

एमाले महाधिवेशन: कहाँबाट कति जना हुनेछन् निर्वाचित ?

नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका प्रकाशित भएको छ ।  जसअनुसार सोमबार बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबाविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता सुरू हुनेछ । एमालेमा केन्द्रीय कमिटी ३०१ सदस्यीय रहनेछ । आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले पुरानै विधान ब्युँताएको हो । एमाले नेताहरूका अनुसार पदाधिकारी सबै खुला लडेर आउनुपर्नेछ ।

कहाँबाट कति जना हुनेछन् निर्वाचित ?

१) पदाधिकारी (९ ) जना
• अध्यक्ष : १
• उपाध्यक्ष : ५
• महासचिव : १
• उपमहासचिव : ३
• सचिव : ९ जना

२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
• खुल्ला : ५
• महिला : ३
• युवा : १

३) खुल्ला कोटा (१२५ ) जना
• खुल्ला : ७१
• महिला : ५२
• युवा : २

४) जनजाति/आदिवासी (२५) जना
• आदिवासी–जनजाति :
• खुल्ला : १५
• महिला : ८
• युवा : २

५) मधेसी (२०) जना
• मधेसी :
• खुल्ला : ११
• महिला : ६
• युवा : २

६) प्रवास (२) जना
• भारत : १
• अन्य देश : १

७) श्रमिक (३) जना
• खुल्ला : २
• महिला : १

८) अपाङ्गाता भएका ब्यक्ति (१) जना
• खुल्ला : १

९) दलित (१२) जना
• खुल्ला : ७
• महिला : ४
• युवा : १

१०) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३

११) मुस्लिम (५) जना
• खुल्ला : ४
• महिला : १

१२) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३

१३) पिछडिएको क्षेत्र (२) जना
• खुल्ला : १
• महिला : १

प्रतिक्रिया दिनुहोस्