काठमाडौं – पत्रकार राजीव खत्री रास्वपामा भित्रिने भएका छन् । उनी २ पुसमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ । खत्रीले पत्रकारिता पेशा नै त्यागेर राजनीतितर्फ मोडिएका हुन् । आफू कार्यरत न्यूज २४ टिभीबाट अलग भएको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । रास्वपामा आएपश्चात् कुन पदमा रहने भन्ने निधो भइनसकेको उनी निकट एक जनाले बताए । यद्यपि, आगामी आमनिर्वाचनमा भाग लिन सक्ने संकेत गरे । उनी प्रत्यक्षमा काठमाडौंबाटै चुनाव लड्न इच्छुक छन् । विगतदेखि नै उनले सामाजिक सञ्जालमा उनले रास्वपा र रवि लामिछानेप्रति सद्भाव देखाउँदै आएका थिए ।
न्यूज २४ टेलिभिजनमा कार्यक्रम चलाउँदै आएका खत्रीले सटिक राजनीतिक टिप्पणीहरूका बलमा आफ्नो लोकप्रियता बढाइरहेका थिए । रास्वपा सभापति रवि लामिछानेसँग कारागारमै पटक-पटक छलफल पश्चात् उनी पार्टी प्रवेश गर्न तयार भएका हुन् ।




प्रतिक्रिया दिनुहोस्