Skip to content

तेस्रो पटक एमालेको अध्यक्ष बन्न ओलीले गराए उम्मेदवारी दर्ता !

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरेका छन् । ११ औं महाधिवेशन जारी रहेको भृकुटीमण्डप स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर ओलीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । ओलीले योसँगै तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् । ओली नवौं र दसौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्