काठमाडौँ – मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन सेवा औपचारिक रूपमा सुरु गरेसँगै सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने अवसरप्रति प्रयोगकर्ताको चासो उल्लेखनीय रूपमा बढेको छ । यसले नेपाली कन्टेन्ट क्रिएटरहरूका लागि डिजिटल प्लेटफर्मलाई आयआर्जनको नयाँ माध्यमका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
यसअघि मेटाले फेसबुक मोनेटाइजेसन सुविधा ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र उपलब्ध गराउँदै आएको थियो । तर गत अगस्ट ३१ देखि मेटाले ‘इन–स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता छुट्टाछुट्टै मोडेलहरूलाई चरणबद्ध रूपमा हटाउँदै एकीकृत ‘फेसबुक कन्टेन्ट मोनेटाइजेसन’ प्रणाली लागू गरेको हो ।
नयाँ मोनेटाइजेसन प्रणाली सुरु भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताबीच आपसी सहकार्यको अभ्याससमेत तीव्र बनेको छ । फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत प्रयोगकर्ताहरूले एक–आपसमा फलो गर्ने, पोस्टमा लाइक तथा कमेन्टमार्फत इङ्गेजमेन्ट बढाउने र फेसबुकले तोकेका आवश्यक मापदण्ड पूरा गर्न सहयोग आदान–प्रदान गरिरहेका छन् ।
यस्ता सहकार्यात्मक ग्रुपहरूमध्ये हाल **‘Facebook Monetize सहकार्य’** नामक फेसबुक ग्रुप विशेष रूपमा सक्रिय देखिएको छ । उक्त ग्रुपमा एक लाखभन्दा बढी सदस्य आबद्ध छन् भने १३/१४ जनाको एडमिन टिमद्वारा ग्रुप सञ्चालन भइरहेको छ ।
उक्त ग्रुपको परिकल्पना तथा स्थापना दामोदर न्यौपाने र प्रदीप गौतम हुन् । ग्रुपमार्फत फेसबुक मोनेटाइजेसनसम्बन्धी जानकारी, अनुभव साटासाट तथा कन्टेन्ट क्रिएटरहरूलाई आवश्यक मार्गदर्शन प्रदान हुँदै आएको गौतमले बताए । उनका अनुसार आगामी दिनमा ग्रुपलाई अझ व्यवस्थित, प्रभावकारी र सक्रिय बनाउँदै लैजान सदस्यहरूबाट साथ, सहयोग र सुझावको अपेक्षा गरिएको छ ।
डिजिटल प्लेटफर्ममार्फत आम्दानी गर्ने चाहना बोकेका युवाहरूका लागि यस्ता सहकार्यात्मक पहलहरूले सकारात्मक ऊर्जा प्रदान गरेको देखिन्छ । आगामी दिनमा यस्ता ग्रुपहरूले नेपालमा डिजिटल कन्टेन्ट सिर्जना क्षेत्रलाई थप व्यावसायिक बनाउँदै आत्मनिर्भरता र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्