Skip to content

अर्किड आइडल गायन प्रतियोगिता सिजन–११ को उपाधि रोनिस गोलेलाई

काठमाडौँ — अर्किड प्युपल सेकेन्डरी स्कुलले आयोजना गरेको अर्किड आइडल गायन प्रतियोगिता सिजन–११ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा उल्लेख्य सहभागिता जनाउँदै क्वालिफाइङ राउन्ड, सेमीफाइनल हुँदै फाइनल राउन्डसम्म पुगेका सम्पूर्ण सहभागीहरूलाई विद्यालयले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ ।  विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयका अनुसार फाइनल राउन्डमा उत्कृष्ट प्रस्तुति दिँदै कक्षा ९ का छात्र रोनिस गोले प्रथम स्थान हासिल गर्न सफल भएका छन्। त्यस्तै कक्षा ७ की छात्रा लुना बराल द्वितीय, कक्षा ७ कै रोजिना खड्का तृतीय र कक्षा ५ की छात्रा निम्साङ तामाङ चौथो स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितालाई आकर्षक र प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण निर्णायकहरू, विद्यालयको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै कार्यक्रम स्थलमा उपस्थित भई हौसला प्रदान गर्नुहुने अभिभावकहरू तथा दर्शक विद्यार्थीहरूलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ।

प्रधानाध्यापक तथा सम्पूर्ण विद्यालय परिवारले यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्