पोखरा – गृहमन्त्री ओमप्रकाश अर्यालले यो नागरिक स्तरबाट बनेको गैर-दलीय सरकार भएकोले सम्पूर्ण सुरक्षा सङ्गठन र निजामती प्रशासनले पनि आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गरिदिन आग्रह गर्नु भएको छ । सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन मन्तव्य दिनुहुँदै मन्त्री अर्यालले भन्नु भयो, “हाम्रो सेवा प्रवाहमा पहिलेभन्दा अझै बढी रफ्तार र सेवा भावको भावना झल्किने गरी काम गर्न सके मात्रै जनताले विशेष गरी अहिलेको नव पुस्ताले चाहेको खोजेको सुशासन र भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न सकिन्छ ।
जेनजी पुस्ताले गरेको आन्दोलन सुशासनकै लागि गरिएको आन्दोलन भएको र राज्यको तर्फ बाट भएको कमीकमजोरीले नै यो अवस्था सिर्जानको भएको हो। सुशासन कायम गर्न सकिएन र फेरी फेरी यस्तै आन्दोलन भयो भने कुनै पनि निर्वाचित दल वा शक्तिले लिएर आउने ४ वर्षे म्यान्डेट वा कुनै त्यस्ता म्यान्डेटले यो समाजमा अर्थ राख्दैन, मन्त्री अर्यालले भन्नु भयो। त्यसैले त्यस्ता म्यान्डेट बिचैमा भंग हुन सक्छ भन्ने तर्फ सबैले बुझ्नु पर्छ, मन्त्री अर्यालले भन्नु भयो । सुशासनलाई कुनै पनि विषयमा सम्झौता गर्ने विषय नभएकोले यस्ता कुनै पनि आन्दोलनले राष्ट्रको भविष्य नै खतरामा पर्ने सक्ने तर्फ हामी सबै सजग हुने पर्ने बोध जेन जी आन्दोलनले उजागर गरिदिएको छ, मन्त्री अर्यालले भन्नु भयो। “सेवा प्रभाव राम्रो भएन, भ्रष्टाचार भइरह्यो, सुशासन कायम हुन सकेन भने विद्रोहका स्वर र शक्ति जुन कुनै रूपमा प्रकट हुने रहेछ भन्ने तर्फ पनि सबैले बुझ्नु पर्ने कुरा हो” उहाँले बताउनु भयो । अव पनि यो वा त्यो बहानामा जेन जी पुस्ताको जन-आन्दोलन र सडक सङ्घर्षलाई नजरअन्दाज र अवमूल्यन गर्ने हो भने पुनः त्यस्ता घटनाको पुनरावृत्ति नहोला भन्न सकिन्न, मन्त्री अर्यालले भन्नु भयो। यसै जन-आन्दोलनले गर्दा नै अव नव पुस्ताको राजनीतिमा मूल प्रवाहीकरण हुँदै जाने समेत उहाँले विश्वास व्यक्त गर्नु भयो ।




प्रतिक्रिया दिनुहोस्