Skip to content

एमालेमा मतदान चार बजेपछि, एक प्रतिनिधिले मत हाल्न ४० मिनेट लाग्ने

काठमाडौँ – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । एमालेले विद्युतीय उपकरण मार्फत् मतदान गर्न लागेको हो ।  नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह नै बनाएर चुनावी मैदानमा छन् । प्राविधिक लक्ष्मण रिमालका अनुसार सोमबार राति एक बजे एमाले निर्वाचन आयोगले उम्मेदवारको फाइनल लिस्ट दिएको थियो । निर्वाचन गराउने जिम्मा पाएको रामलक्ष्मण इनोभेसन अन्तर्गतको ब्यालोट सोलुसनले अहिले उम्मेदवारको फोटो कोडिङ गरिरहेको छ ।

प्राविधिक रिमालका अनुसार उम्मेदवार उपकरणमा सूचीकृत गर्न अपराह्न चार बजेसम्म लाग्नेछ । त्यसपछि मतदान प्रक्रिया आरम्भ हुनेछ। मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५-४० मिनेट लाग्नेछ । एमालेको यो महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय र मनोनीत गरी कूल २२६२ प्रतिनिधि छन् ।

प्रतिक्रिया दिनुहोस्