काठमाडौं – नेकपा एमालेको केन्द्रीय सदस्यमा १५ जना युवा ४० वर्ष मुनिको कलस्टरबाट निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी, कर्णाली प्रदेशबाट रुद्रबहादुर शाही, लुम्बिनी प्रदेशबाट लिलामणि गौतम, गण्डकी प्रदेशबाट नवराज ओझा, बागमती प्रदेशबाट निशा अधिकारी, मधेश प्रदेशबाट मोबिन आलम र कोशी प्रदेशबाट क्षितिज थेवे निर्वाचित भएका छन् । राजधानी विशेषबाट ४० वर्ष मुनिको कलस्टरमा सुनिता डंगोल, आदिवासी जनजातितर्फबाट मनोत ताम्ली र सम्राट गौचन, मधेशी तर्फबाट अमरकुमार यादव र रोनित साह, दलिततर्फबाट निता घतानी निर्वाचित भएका छन् ।




प्रतिक्रिया दिनुहोस्