Skip to content

अमेरिकामा निजी विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

अमेरिकामा एउटा निजी जहाज दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ‍नर्थ क्यारोलिनाको स्टेट्सभिल क्षेत्रमा बिहीबार एक सेस्ना ५५० व्यवसायिक जेट दुर्घटना हुँदा पूर्व सात जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको   छ  । विमान स्टेट्सभिल रिजनल एयरपोर्टमै दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी पूर्व नास्कार चालक ग्रेग बिफलको मृत्यु भएको छ । नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको भीषण आगलागी भएको थियो। मृतकमध्ये बिफल र उनका नजिकका परिवारका सदस्य रहेको आशंका गरिएको छ। विमान बिफलसँग सम्बन्धित एक कम्पनीको नाममा दर्ता भएको जनाइएको छ । सातै यात्रुको नाम चिकित्सक कार्यालयबाट औपचारिक प्रमाणित भएपछि सार्वजनिक गरिने अधिकारीहरूले बताए।

विमान फ्लोरिडातर्फ उडेको केहीबेरमै खराब मौसमका कारण फर्किन खोज्दा स्थानीय समयानुसार बिहान करिब १०:१५ बजे दुर्घटना भएको हो । स्थानीय तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा विमान रनवेमा आगोले घेरिएको अवस्था देखिएको छ । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धानका लागि टोली पठाइरहेको र शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रारम्भिक जानकारी दिने भएको छ । ५५ वर्षीय बिफलले करिब २० वर्षको करियरमा १९ वटा कप सिरिज जितेका थिए । उनले २०२२ मा टलाडेगामा भएको गेइको ५०० पछि अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए। सन् २०२३ मा बिफल नास्कारका ७५ महान चालकको सूचीमा परेका थिए । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ र रनवेमा रहेको भग्नावशेष हटाएपछि मात्रै पुनः सञ्चालन खुल्ने अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्