Skip to content

समीक्षा बाँस्कोटा रञ्जु दर्शनाले रास्वपाबाट समानुपातिक उम्मेदवारतर्फ आवेदन दिए

काठमाडौं – विवेकशील साझा पार्टीको पूर्व अध्यक्ष समीक्षा बाँस्कोटा र महासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारतर्फ आवेदन दिएका छन् । रास्वपासँग विवेकशील साझा वीचमा १४ मंसिरमा एकता भएको थियो । विवेकशील साझाबाट आएका नेताहरुलाई केन्द्रीय समितिमा हालसम्म समेटिएको छैन । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फ बाँस्कोटा र दर्शना इच्छुक देखिएका छन् । दुवै जनाले खस आर्य क्लष्टर अन्तर्गत बागमतीबाट समानुपातिकका लागि नाम दर्ता गराएका छन् । रास्वपाले इच्छुक व्यक्तिलाई अनलाइन मार्फत आवेदन दिन आह्वान गरेको थियो । समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुकहरुको प्रारम्भिक नामावली गएराति सार्वजनिक गरिएको छ । समानुपातिक तर्फको अन्तिम नामावली १४ पुसमा सार्वजनिक गर्ने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्