Skip to content

आरक्षण नेसनल स्कुलको बृहत शैक्षिक प्रदर्शनी सम्पन्न

भक्तपुर – आारक्षण नेशनल एकेडेमीले विषयगत बृहत शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहेक व्यवहारिक रूपमा सिक्ने अवसर प्रदान गर्ने उद्देश्य आषोजना गरेको प्रदर्शनीमा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । विद्यालयबाट नै सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न प्रेरित गर्नु, वैज्ञानिक सोच विकास गर्न र सिकाइमा सृजनशील भावना अभिवृद्धि गर्न विषयगत रुपमा बृहद शैक्षिक प्रदर्शनी गरिएको थियो । यस प्रदर्शनीमा विभिन्न कक्षाका विद्यार्थीहरूले विज्ञान, गणित, सामाजिक अध्ययन, वातावरण लगायतका विषयसँग सम्बन्धित आफ्ना परियोजना, मोडेल र प्रयोगहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमले विद्यार्थीहरूमा सिकाईका लागि जिज्ञासा राख्ने, पढाईले व्यवहारिक भावना उत्पन्न गर्ने र विभिन्न विषयको समस्या समाधान गर्न क्षमताको विकास गरी शिक्षालाई अझै रोचक र अर्थपूर्ण बनाउने लक्ष्य लिएको थियो । कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यार्थीहरूको लगनशीलता र सृजनात्मक कार्यको प्रशंसा गरेका थिए। यस प्रदर्शनीले सिकाइलाई प्रोत्साहन गर्दै विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने कुरामा विद्यालयले विश्वास लिएको छ । चाँगुनारायण वडा ८ सुडाल भक्तपुरमा आरक्षण नेसनल स्कुल पछिल्लो समयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेकोमा विविध कार्यक्रमहरुमा पनि उत्कृष्ट स्थान हाँसिल गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्