भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ । आयोगले उनीहरूलाई २/३ दिनको म्याद दिने गरी चिठी पठाउने तयारी गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । एक दुई दिनभित्र नै म्याद दिएर चिठी चिठि पठाउने पनि उनले बताए तर काठमाडौं महानगरका मेयर बालेन शाहको बयान लिन भने अहिले आवश्यक महसुस नभएको उनको भनाइ छ । केही समयअघि पत्रकार सम्मेलनमा ओलीले भने भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई ‘बोगस’ भनेका थिए । ओली भनेका थिए, ‘बोगस आयोगले बोलायो भन्दैमा केपी ओली लुरूलुरू बयान दिन जाँदैन।’





प्रतिक्रिया दिनुहोस्