काठमाडौँ – सरकारका मन्त्रीहरुले भदौ २४ मा आगजनी गरिएका राजनीतिक दलका पार्टी कार्यालयको अनुगमन गरेका छन् ।यसैक्रममा मंगलबार सूचना तथा सञ्चार मन्त्री नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीले नेपाली कम्युनिष्ट पार्टीको पेरिसडाँडास्ठित कार्यालयमा पुगेर क्षतिको अनुगमन गरेको छ ।सो अवसरमा मन्त्रीसहितको सरकारी टोलीले क्षतिको अनुगमन गर्नुका साथै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।सरकारी टोलीले आजै नेपाली कांग्रेस र एमालेको केन्द्रीय कार्यालयको पनि अनुगमन गरेको छ ।- एभरेष्ट न्यूज एजेन्सी,





प्रतिक्रिया दिनुहोस्