काठमाडौँ – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउसो १ बजे बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । बैठकले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार छनौट, पार्टीको महाधिवेशनको तयारीका विषयमा छलफल गर्ने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्