काठमाडौँ – भारतको कर्नाटकको चित्रदुर्ग जिल्लामा भएको भयानक सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । दुर्घटना राष्ट्रिय राजमार्ग ४८ मा भएको हो । दुर्घटना गएराती करिब २ बजे भएको थियो । बेंगलुरुबाट गोकर्ण जाँदै गरेको बस आउँदै गरेको ट्रकसँग ठोक्किएको थियो, जसका कारण बसमा आगो लागेको थियो । बस ३२ जना यात्रु बोकेको स्लीपर कोच थियो । ११ जनाको शव पहिचान निकालिएको छ भने सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
घटनास्थलका तस्बिरहरूले दुर्घटना निकै गम्भीर रहेको देखिएका छन् भने बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।





प्रतिक्रिया दिनुहोस्