Skip to content

बालेन सक्रिय भएपछि हर्क साम्पाङको कटाक्ष

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाहले राजनीतिमा आउन सक्रियता बढाएपछि कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै साम्पाङले जेनजीलाई उक्साएर मर्न लगाएर जेनजीको अन्त्यष्टिमा समेत ननिस्किएर लुकेर गेम खेल्ने गेमर पनि चुनावमा आउने भन्दै कटाक्ष गरेका हुन् । जेनजी आन्दोलनअघि नजिकको सम्बन्ध भएका बालेन र साम्पाङ जेनजी आन्दोलनपछि आफुलाई प्रधानमन्त्री बन्न सहयोग नगरेको भन्दै साम्पाङले बालेनलाई लगातार सामाजिक सञ्जालमा आक्रमण गर्दै आएका छन् । बालेनले फागुन २१ को निर्वाचनको समानुपातिक सुची बुझाउने पुष १३ र १४ को मिति नजिकिदै गर्दै राजनीतिक सक्रियता बढाएपछि राजनीति वृत तरंगित बनेको छ ।  बालेनले हिजो बुधबार र आज राजनीतिक दलका नेताहरु, अभियन्ता र जेनजी आन्दोलनका नेताहरुसँग छलफल गरेर राजनीतिमा सक्रिय हुने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्