काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच आज हुने भनिएको सम्झौता रोकिएको छ । मेयर बालेन्द्र साहको व्यवस्ताले गर्दा सहमतिपत्रलाई अन्तिम रुप दिन नभ्याइएको स्रोतले बतायो ।
सहमतिको मस्यौदा तयार गर्न आज दिनभरि नै दुई पक्षका वार्ताकारहरु सक्रिय थिए । तर, मेयर साह महानगरपालिकाको नगरसभामा व्यस्त रहे । वार्ताकारहरुले रास्वपा सभापति लामिछानेलाई भेटेर सहमतिपत्रको मस्यौदामा छलफल गरेका थिए । तर, बालेनसँग भने अन्तिम छलफल भइसकेको छैन । दुई पक्षबीच धेरै विषयवस्तुमा सहमति जुटिसकेको छ । भोलि निर्णायक छलफल भएर सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी रहेको स्रोतले बतायो।





प्रतिक्रिया दिनुहोस्