दार्चुला – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दार्चुलाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको पार्टीका नेताहरूको बैठकले प्रत्यक्षतर्फ इच्छुक उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । बैठकबाट खुला क्लस्टरमा लक्ष्मण दत्त जोशी, ललित सिंह ठगुन्ना र मदन सिंह धामीको नाम सिफारिस गरिएको छ । त्यसैगरी युवा क्लस्टरबाट नरबहादुर विष्ट र महिला क्लस्टरबाट गंगा कुमारी महतरा (गायत्री रावल) को नाम सिफारिस गरिएको नेकपा दार्चुलाले जनाएको छ । समानुपातिकतर्फका उम्मेदवार सिफारिसका विषयमा भने पार्टीभित्र छलफल जारी रहेको छ । जोशी २०६४ सालको संविधानसभाको निर्वाचनमा दार्चुलाबाट निर्वाचित संविधानसभा सदस्य हुन् । उनले त्यसपछि संसदमा पुनरागमन गर्न सकेका छैनन् । २०७० सालमा एमालेका गणेशसिंह ठगुन्नासँग पराजित भएका थिए । युवा कलस्टरका विष्ट नेकपा दार्चुलाका चर्चित युवा अनुहार हुन् । उनी विद्यार्थी राजनीति हुदै पार्टि राजनीतिमा सक्रिय छन् । मार्मा क्षेत्रका जनताले अत्यधिक रुचाएका नेता मध्ये विष्ट पनि एक हुन् ।





प्रतिक्रिया दिनुहोस्