Skip to content

राजन दाहालले भने – “साधना र संघर्ष विना सजिलै आएकाहरू सजिलै लोप हुन्छन्”

 

काठमाडौं – नेकपा नेता राजन दाहालले साधना र संघर्ष विना सहजै चर्चामा आएकाहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन् । उनले पछिल्लो समय चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । दाहालले भने, “साधना र संघर्ष विना सजिलै आएकाहरू सजिलै लोप हुन्छन्।” उनका अनुसार राजनीतिक तथा सार्वजनिक जीवनमा स्थायित्वका लागि निरन्तर संघर्ष, विचार र प्रतिबद्धता आवश्यक हुन्छ । उनले व्यक्तिपूजा र क्षणिक लोकप्रियताले देश र समाजलाई दीर्घकालीन रूपमा सही दिशामा लैजान नसक्ने पनि दाबी गरे। दाहालको यो अभिव्यक्तिपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्