धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चुनाव नजिकिँदै गर्दा आम जनतालाई दल र उम्मेदवारसँग गरिबी घटाउने स्पष्ट रोडम्याप माग्न अपिल गरेका छन्। उनले “गरिबी कसरी घट्छ, योजना के हो?” भन्ने प्रश्न बिना सुदूरपश्चिम अघि बढ्न नसक्ने बताए। मेयर हमालले चुनावका बेला नेताहरू जनता सामु आउने भए पनि जनताले गरिबी घटाउने ठोस योजना के छ भन्ने विषयमा गम्भीर भएर प्रश्न गर्नुपर्ने बताए। उनले गरिबी न्यूनीकरणका लागि कुन दल र कुन उम्मेदवारसँग कस्तो रोडम्याप छ भन्ने कुरा अध्ययन गरेर मात्र योग्य पात्र छनोट गर्न आग्रह गरे। गरिबी घटाउने स्पष्ट योजना बिना सुदूरपश्चिमको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै उनले चुनावी बहसमा यो विषय अनिवार्य रूपमा समावेश गर्न सबैलाई अपिल गरेका छन्।





प्रतिक्रिया दिनुहोस्