Skip to content

वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ ।  घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । केही मिटर दुरीको फरकमा देखिएकोले घटना निकै शंकास्पद रहेको छ । सहिद पार्क सुर्खेतको प्रमुख पर्यटकीय स्थल हो ‌।

प्रतिक्रिया दिनुहोस्