Skip to content

बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो

काठमाडौं – झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए । कोशी प्रदेशका डीआईजी बिनोद घिमिरेका अनुसार, विमान अवतरणका क्रममा रन–वेबाट केही तल चप्लिएको हो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्