Skip to content

संघीयता स्वीकार्दै अघि बढ्ने रास्वपाको निर्णय

 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र संघीयता स्वीकार गरेर अघि बढ्ने विषयमा सबै पक्षबीच सहमति भएको छ। शनिबार राति र आइतबार बिहान भएको वार्तापछि रास्वपाको रवि लामिछाने पक्ष र उज्यालो नेपाल पक्ष संघीय संरचना, गणतन्त्र र संविधान स्वीकार गर्दै अघि बढ्न सहमत भएका हुन् । पुस १४ मा पार्टी एकता भए पनि एजेन्डामा सहमति नहुँदा देखिएको विवाद सहमतिसँगै टुंगिएको रास्वपा स्रोतले जनाएको छ। संघीयतासम्बन्धी स्पष्टता माग्दै आएका उज्यालो पार्टी पक्षका नेताहरू पनि सहमतिमा पुगेका छन् ।

सहमति अनुसार अब केन्द्रीय, प्रदेश र जिल्ला तहमा समायोजन प्रक्रिया अघि बढाइनेछ । उज्यालो पार्टीबाट करिब ३० प्रतिशतको हाराहारीमा विभिन्न तहमा समायोजन गर्ने तयारी छ । समायोजनलाई निष्कर्षमा पुर्‍याउन महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । यसैगरी पार्टी एकतापछि बालेन र कुलमान पक्षलाई समेत समेटेर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्को उपसमिति गठन गरिएको रास्वपाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्