काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस दास र लासहरूको पार्टी नभएको बताएका छन्। पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेस ज्युँदो मानिसहरूको पार्टी भएको र यहाँ प्रश्नहरू मरेका छैनन् भन्ने स्पष्ट पारे ।
उनले महाधिवेशन चलिरहँदा सभापति शेरबहादुर देउवासहित केही नेताहरूबीच छलफल चलिरहेको समाचार आएको उल्लेख गर्दै त्यसलाई स्वाभाविक प्रक्रिया भएको बताए । सभापतिलाई सुझाव दिनेहरूलाई गलत ठहर गर्दै उनले पार्टीभित्र विचार, बहस र प्रश्न उठ्नु नै लोकतान्त्रिक अभ्यास भएको धारणा राखे । थापाले कांग्रेसलाई अझ सशक्त र उत्तरदायी बनाउन खुला बहस र सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए ।





प्रतिक्रिया दिनुहोस्