Skip to content

सिंहदरबार जलाउनेहरूलाई सिंहदरबार बनाउनेहरूले लखेट्नुपर्छ : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्ने शक्तिहरूलाई आगामी निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताएका छन्। आइतबार काभ्रेपलाञ्चोकमा आयोजित नेसनल भोलेन्टियर फोर्सको कार्यक्रममा बोल्दै उनले ‘सिंहदरबार जलाउनेहरूलाई सिंहदरबार बनाउनेहरूले लखेट्नुपर्छ’ भन्दै कडा अभिव्यक्ति दिएका हुन् । उनले फाानगुन २१ गते तोकिएको निर्वाचन हुने/नहुने विषयमा अझै अन्योल कायमै रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक अवस्थाले देश र जनताको भविष्य संकटमा परेको बताए। भदौ २३ र २४ का घटनापछि नेपाल गम्भीर मोडमा पुगेको भन्दै त्यसले असङ्ख्य आशङ्का र द्विविधा सिर्जना गरेको उनको भनाइ थियो । एमालेको निष्कर्ष सुनाउँदै सचिव बस्नेतले फागुन २१ गते निर्वाचन हुने अवस्था नरहेको दाबी गरे। ‘निर्वाचन तोकिएको मितिमा हुने परिस्थिति छैन, यो नेकपा एमालेको स्पष्ट निष्कर्ष हो,’ बस्नेतले भने ।

प्रतिक्रिया दिनुहोस्