Skip to content

गगन र विश्वप्रकाशसँग छलफल गर्ने देउवाको तयारी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्ने तयारी गरेका छन् । सोमबार आफूनिकट नेताहरूसँग छलफल गर्दै सभापति देउवाले पार्टीलाई एकताबद्ध गर्न महाधिवेशन पक्षधरसँग छलफल गर्ने बताएका हुन् ।सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने निष्कर्ष निकालिएको नेताहरूले बताएका छन् । छलफलपछि कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले सभापति देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएको जानकारी दिए । केन्द्रीय समिति एकढिक्का भएर पार्टीलाई जोगाउने र एकढिक्का बनाउन आह्वान गर्ने उनले बताए । उनले नियमित महाधिवेशनले नै पार्टीको नयाँ नेतृत्व चयन गर्ने उल्लेख गरे । त्यस्तै कांग्रेस नेता डा.शशांक कोइरालाले वार्ताबाटै सबै कुराको समाधान गर्नुपर्ने सुझाव दिए । वार्ता र संवादमा जोड नदिए पार्टी विभाजन हुन सक्ने उनको भनाइ छ । त्यसअघि सोमबार नै कांग्रेस नेता शेखर कोइरालाले पनि सभापति देउवासँग छलफल गर्दै वार्ताका माध्यमबाट पार्टीलाई जोगाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्