काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन। पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरू छलफलमा जुटेकाले दिउँसो १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो । अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, धनराज गुरुङ, कृष्ण सिटौला, विमलेन्द्र निधिलगायत शीर्ष नेताहरू छलफलमा छन् । सहमतिको लागि जारी बैठकको निष्कर्ष आएपछि मात्रै बैठक बस्ने तयारी छ। संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको वार्ता अहिले जारी छ ।भृकुटीमण्डपमा भने नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया अघि बढिसकेको छ।





प्रतिक्रिया दिनुहोस्