काठमाडौं – आगामी फेब्रुअरी ७ बाट सुरु हुने आईसीसी टी-२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रीकेट संघ क्यानले विश्वकपअघि नेपालले खेल्ने अभ्यास खेलहरु सार्वजनिक गरेको हो । नेपालले जनवरी २०, २२ र २४ मा श्रीलंका ‘ए’ संग अभ्यास खेल खेल्नेछ । त्यसपछी जनवरी २९ र ३१ मा भारतमा दुई अभ्यास खेल खेल्ने तालिका छ ।





प्रतिक्रिया दिनुहोस्