Skip to content

यस्ता छन् विशेष महाधिवेशन पक्षधरले देउवा पक्षलाई पठाएका ८ बुँदा

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदा प्रस्ताव गरेको छ । प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेलगायत छन् ।

यस्ता छन् बुँदाहरू

कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने

प्रतिक्रिया दिनुहोस्