Skip to content

देउवा पक्षलाई गगन थापाको प्रश्न: ‘देशभरका कांग्रेस कार्यकर्तालाई कसरी अल्मल्याउनुहुन्छ?’

काठमाडौँ – देउवा पक्षबाट कारबाहीमा परेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले छलफलमा अल्झाएर आफूहरूलाई अल्मल्याए पनि देशभरका कांग्रेस कार्यकर्तालाई कसरी अल्मल्याउने हो भन्दै शेरबहादुर देउवा पक्षलाई प्रश्न गरेका छन्।

भृकुटी मण्डपस्थित विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले देउवा पक्षले आफूहरूलाई अल्मल्याएर निर्वाचन आयोगमा पत्र पठाएको आरोप लगाए। उनले विशेष महाधिवेशनले गर्ने निर्णयलाई निर्वाचन आयोगले मान्ने स्पष्ट पार्दै सर्वसम्मतिबाट नेतृत्व चयन गर्न धैर्य र संयमता अपनाउन महाधिवेशन पक्षधरलाई आग्रह गरे। ‘यो लडाइँ हो, अभियान हो। यो विशेष महाधिवेशनले जे निर्णय गर्छ, निर्वाचन आयोगले मान्छ,’ थापाले भने, ‘कांग्रेस यही छ, यही रहन्छ।’ थापाले कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको पनि बताए। आफू ९ कक्षादेखि कांग्रेसमा आबद्ध रहेको, २०४६ को आन्दोलनमा सहभागी भएको र २०६२/०६३ को आन्दोलनको नेतृत्वसमेत गरेको स्मरण गराउँदै ‘कसैले हटायौँ भनेर हट्ने पार्टी होइन’ भन्ने स्पष्ट सन्देश दिए।

प्रतिक्रिया दिनुहोस्