महेन्द्रनगर – बसको ठक्करबाट यहाँ एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार एक पुरुषको मृत्यु भएको हो । उनको परिचय खुलेको छैन । गम्भीर घाइते अवस्थामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको थापाले बताए । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस्