नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ । पार्टीको विधानअनुसार संसदीय बोर्ड गठन गरिएको कांग्रेसले जनाएको छ । पार्टीका तल्ला निकायहरूको सिफारिसका आधारमा अब यो संसदीय बोर्डले उम्मेदवारहरू चयन गर्नेछ । उपसभापति विश्वप्रकाश शर्माका अनुसार १६५ क्षेत्रमै कांग्रेसले उम्मेदवारी दिनेछ। उम्मेदवारी दर्ता माघ ६ गते छ । कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरु महामन्त्रीहरू र सहमहामन्त्रीहरू रहेको संसदीय बोर्ड गठन गरेको हो।
अहिले संसदीय बोर्डमा १३ सदस्य छन् । नेताहरूका अनुसार संसदीय बोर्डमा अब एक दुई जना थप गर्ने सम्भावना छ ।





प्रतिक्रिया दिनुहोस्