ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकाल यसपालि डडेल्धुराबाट चुनाव नलड्ने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । रास्वपा केन्द्रीय सदस्य ढकालले यसपालि आफू डडेल्धुरामा उम्मेदवार नहुने बताए । ‘पहिले म डडेल्धुराबाट चुनाव लडेको थिएँ, शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दा पनि धेरै मत ल्याएको थिएँ,’ उनले भने, ‘हाम्रो कुरा रूपान्तरण र पुस्तान्तरण होस् भन्ने हो, निर्वाचन आयोगले दिएको निर्णयसँगै मेरो मिसन पूरा भयो।’ उनले गुल्मी वा रूपन्देहीमध्ये एक ठाउँबाट आफू निर्वाचनमा लड्नेबारे कुराकानी भइरहेको उनले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्