काठमाडौँ – नेकपा एमालेले सिन्धुपाल्चोक–१ मा होमनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । एमालेले यसअघि एमालेले आङदोर्जे शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर आइतबार उम्मेदवार बदलेर होमनारायण श्रेष्ठलाई टिकट दिइएको एमालेका एक सचिवालय सदस्यले बताए । एमालेका सिन्धुपाल्चोक जिल्ला अध्यक्षसमेत रहेका श्रेष्ठ २०७४ मा जुगल गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा प्रदेश सभा (सिन्धुपाल्चोक–१ (ख) बाट उम्मेदवार भए पनि तत्कालीन माओवादी केन्द्रका उम्मेदवार सरल सहयात्री पौडेलसँग पराजित भएका थिए ।





प्रतिक्रिया दिनुहोस्