काठमाडौँ – बुधवार नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो । यस दिन चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी तोला ५ हजार ८९२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८८० रुपैयाँमा खरिद बिक्री भएको थियो । मंगलबार कायम मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।





प्रतिक्रिया दिनुहोस्