Skip to content

अर्किडकी शिक्षिका सम्झना दाहाल वर्षभरिको उत्कृष्ट शिक्षकका रूपमा सम्मानित

 

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलकी शिक्षिका सम्झना दाहाल वर्षभरिको उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएकी छिन् ।  विद्यालयले सरस्वती पूजाको अवसर पारेर आयोजना गरेको सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह २०८२ को अवसरमा दाहाललाई दोसल्ला ओढाएर नगद सहित सम्मान गरिएको हो । विद्यालय प्रशासनका अनुसार शिक्षणमा लगनशीलता, विद्यार्थीमैत्री व्यवहार, अनुशासन र शैक्षिक गुणस्तर सुधारमा पुर्‍याएको योगदानको कदर गर्दै दाहाललाई वर्षभरिको उत्कृष्ट शिक्षक घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले सम्झना दाहालको शिक्षण शैली, निरन्तर मेहनत र जिम्मेवारीबोधले विद्यालयको शैक्षिक वातावरण अझ सुदृढ बनेको बताए । त्यस्तै विद्यालयका सञ्चालक तथा निर्देशक प्रेमकुमार भुजेलले योग्य र मेहनती शिक्षकको सम्मानले अन्य शिक्षकहरूलाई पनि अझ जिम्मेवार र प्रेरित बनाउने विश्वास व्यक्त गरे । सम्मान ग्रहणपछि सम्झना दाहालले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक तथा नैतिक विकासमा अझ जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्